पछिल्लो २४ घण्टामा थप दुई हजार १३७ जनामा सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा दुई हजार १३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ३३ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, तीन हजार ३४५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४११ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ९३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति