राष्ट्रपति भण्डारी र एमाले नेता रावलबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ।शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। उनीहरुबीच दुई घण्टाभन्दा बढी समय छलफल भएको बताइएको छ । रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओली समूहमा गएका छन् । राष्ट्रपति भण्डारी र रावलको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ। अध्यक्ष केपी ओलीद्वारा विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित गरेको हो।

यो बैठक नेकपा एमालेभित्रको केपी ओली र माधव नेपाल दुबै पक्षका लागि निर्णायक मानिएको थियो। बैठक सोमबार अपराह्न ३ बजे बस्ने भएको छ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली पक्षको आजको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउने संकेत दिएको थियो ।

ओली पक्षको आजको बैठकपछि नै नयाँ निर्णय गर्ने माधव पक्षका नेताहरुले बताएका थिए । यद्यपि नेपाल पक्षले ओली पक्षलाई बैठक बोलाउन र अधिवेशनका लागि विभिन्न गतिविधि गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न चेतावनी दिएको थियो ।

त्यस्तै अध्यक्ष केपी ओली पक्षले पनि नेपाल पक्षलाई बैठक तथा पार्टीगत गतिविधि नगर्न चेतावनी दिँदै आएको छ। नेपाल समूको बैठकलाई अनाधिकृत भन्दै त्यस्ता गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति