भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बने

काठमाडौं, २४ साउन । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् ।टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई भने टप फोरमा मात्र अटाउन सकेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् ।विजेता भएका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’का लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति