काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टामा दुई हजार २३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८६६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, चार हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९३।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप दुई हजार २३१ जनामा सङ्क्रमण पुष्टि, १९ जनाको मृत्यु
प्रतिक्रिया