हिरोसिमाको इतिहास दोहोरिन नदिन विश्व शक्तिलाई एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं, २३ साउन । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जापानको हिरोसिमामा आणविक बम विस्फोटको ७६ औं वर्षगाँठमा विश्व शान्तिको कामना गरेका छन् ।ट्वीटरमार्फत ओलीले हजारौं मानिसको ज्यान जाने गरी भएको उक्त घटनाको स्मरण गर्दै त्यस्तो दुःखद इतिहास दोहोरिन नदिन समेत आग्रह गरेका छन् ।

उनले हिरासिमाको घटनालाई दोहोरिन नदिन विश्व शक्तिहरुले पहल गर्नुपर्ने र यसलाई नारामा मात्र सीमित राख्न नहुने जनाएका छन् । उक्त अमानवीय घटनालाई स्मरण गर्दै उनले पीडितप्रति गहिरो सहानुभूति पनि व्यक्त गरेका छन् ।दोस्रो विश्वयुद्धको बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्न सन् १९४५ को अगस्ट ६ मा हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो ।

यसको तीन दिनपछि अमेरिकाले अर्को जापानी सहर नागासिकीमा अर्को बम खसालेको थियो ।हिरोसिमामा ७६ औं वर्षगाँठको अवसरमा आयोजित समारोहमा सहरका मेयर काजुमी मात्सुईले आणविक हतियारको मोह त्याग्न आग्रह गरेका छन् ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति