त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका गहना लुटपाट गर्ने ‘नक्कली डिएसपी’ पक्राउ

काठमाडौं, २३ साउन ।  नक्कली डिएसपी बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका गहना लुटपाटको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ४ का ३५ वर्षीय सिताराम गुरुङ छन् ।वैदेशिक रोजगारीबाट फर्किएका र विदेशबाट आएकाहरुलाई चेकजाँच गर्न रोकी लुटपाट गर्ने गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी गर्नेहरुसंग तथा विदेशबाट नेपाल फर्की आएका मानिसहरु ल्याएका सुनका गरगहनाहरु विमानस्थल गेट बाहिर सडक बाटोमा निगरानी गरी पिछा गरी एकान्त पारी रोकी नेपाल प्रहरीको डिसपी हुँ भनि चेकजाँच गर्न रोकी लुटपाट गर्ने गरिएको प्रहरी अनुसन्धानमा खुलेको जनाएको छ ।अभियुक्तले बसपार्क ईलाकामा लुटपाट गरेको जानकारी प्राप्त भएकोले थप अनुसन्धान तथा कारवाहीको लागी वृत्त महाराजगंजमा राखिएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति