अमेरिकी टेलिभिजन सीएनएनले खोप नलगाइ अफिस जाने कर्मचारीलाई जागिरबाट निकालिदियो

काठमाडौं, २२ साउन ।  अमेरिकी टेलिभिजन सीएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ । सीएनएनले जागिरमा आउने अन्य कर्मचारीलाई पनि अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । कम्पनी अध्यक्ष जेफ जुकरले कर्मचारीलाई दिएको मेमोमा यस्तो कुरा उल्लेख गरेका छन् ।खोप नलगाएकोलाई जागिरबाट निकालिएको यस्तो घटना अमेरिकी मिडियामा पहिलो भएको बीबीसीले जनाएको छ । अमेरिकामा कम्पनीका कामदारलाई अनिवार्य खोप लगाउनुपर्ने नियम छ ।फेसबुक र गुगलजस्ता ठूला मिडियाले पनि कार्यालय सुरु हुनु एकदिनअघि अनिवार्य खोप लगाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।सीएनएनले रिपोर्टिङका लागि कार्यक्षेत्रमा जाने सबैलाई अनिवार्य खोप लगाउनुपर्ने बताएको छ । ‘यसबारे हामी शून्य सहनशिल नीति अपनाउँछौ’ सीएनएन अध्यक्ष जुकरले भनेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति