नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघ्यो

काठमाडौं, २२ साउन ।  नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार सात सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ९३ जनाको पीसीआर र ६ हजार एक सय ८२ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा तीन हजार सात सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कुल परीक्षणको झन्डै २४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ७७ हजार पाँच सय ८९ पुगेको छ ।यस्तै थप एक हजार आठ सय ८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६५ हजार पाँच सय ४८ जना पुगेको छ । अहिले नेपालमा ३४ हजार नौ सय ४२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति