काठमाडौं, २२ साउन । नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग आज छलफल गर्दैछन् ।२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको एमालेले जनाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा विधानबारे छलफल हुँदैछ ।एमालेको हालको विधान संघीय ढाँचा अनुसार छैन । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ । यीलगायत विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गरिने भएको छ ।एमाले केन्द्रीय कमिटीको बैठक शनिबार बस्दैछ । विधान महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू समेत बनिसकेका छन् ।
विधान संशोधन गर्न एमाले नेताहरू आन्तरिक छलफलमा
प्रतिक्रिया