तीन लाख डोज एस्ट्राजेनेका खोप आज नेपाल आइपुग्दै

काठमाडौं, २२ साउन । भुटान सरकारले नेपाललाई दिएको तीन लाख डोज एस्ट्राजेनेका खोप आज नेपाल आइपुग्दै छ। स्वास्थ्य सेवा विभागले भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयर खोप लिएर बिहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाएको छ ।

उक्त खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका महानिर्देशक प्राध्यापक आरपी विच्छाले जनाकारी दिएका छन्। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्। भुटानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि बाँकी खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका नेपाललाई दिन लागेको हो। एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप हुन्।

७ लाख ८० हजार जनसङ्ख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो। भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति