काठमाडौँ, २१ साउन । व्यक्तिगत रूपमा उत्कृष्ट रहेता पनि टोलीले त्यति राम्रो प्रदर्शन गर्न नसक्दा क्लब कप्तान लियोनल मेस्सी निराश देखिन्थे। उपाधि होडमा रहेको बार्सिलोना अन्तिम केहि खेलहरुमा निराशजनक प्रदर्शन गर्दा लिगमा तेस्रो स्थानमा खुम्चियो।
च्याम्पियन्स लिगको अन्तिम(१६ बाटनै बाहिरिएको बार्सिलोना घरेलु मैदानमा लगातार दुई लज्जास्पद हार बेहोर्न पुग्यो। समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्टससँग आफ्नै मैदानमा ३(० ले पराजित भएको मेस्सीको टोली अन्तिम(१६ को पहिलो लेगमा क्याम्प लाउ मै पीएसजीसँग ४(१ को हार बेहोर्न बाध्य भयो। कोपा डेल रे उपाधिले क्लबलाई केहि राहत प्रदान गरेपनि क्लबको स्तरले गत सिजन निकै खराब रह्यो।
खराब सिजनपछि निराश रूपमा अर्जेन्टिना गएका मेस्सीको क्लबमा भविष्य पनि अनिश्चित रहेको थियो। गत सिजन सुरु हुनुअघि बार्सिलोना छाड्ने असफल प्रयास गरेका मेस्सी बार्सिलोनासँग खुसी थिएनन् र क्लबसँग आफ्नो भविष्यको बारेमा कुनै टुंगो नगरी कोपा अमेरिका खेल्ने तयारीमा लाग्न मेस्सी अर्जेन्टिना गए।
अर्जेन्टिनाका लागि अहिलेसम्म ५ पटक फाइनल खेलेर पनि उपाधि जिताउन नसकेका मेस्सी माथि राष्ट्रको ठूलो जिम्मेवारी रहेको थियो। अर्जेन्टिनाले सन् १९९३ देखि कुनै पनि उपाधि जित्न सफल भएको थिएन र मेस्सीले आफ्नो निकै सफल करियरमा अन्तराष्ट्रिय उपाधि जितेका थिएनन्। यी दुबै जिम्मेवारीका साथ क्लब स्तरमा निकै खराब सिजन पनि मेस्सीले कोपा अमेरिकामा सहभागिता जनाए।
अन्ततः ब्राजिलको माराकाना स्टेडियममा घरेलु टोली ब्राजिललाई फाइनलमा १(० ले पराजित गर्दै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जित्न सफल भयो। राष्ट्रलाई उपाधि जिताउने बोझ पनि मेस्सीको काँधबाट हट्यो। अहिले ६ पटकका ब्यालुन डी ओर विजेता बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न पनि तयार रहेका छन्।
बार्सिलोनामा खराब सिजनपछि निराश भएर अर्जेन्टिना गएका मेस्सी कोपा अमेरिकापछि शेर भएर निस्किएका छन्। कोपा अमेरिका अगाडीको मेस्सी र कोपा जितेपछिको मेस्सी निकै फरक रहेका छन्। बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार मेस्सी नयाँ सिजनमा नयाँ जोश र जाँगरका साथ जानेछन्।
प्रतिक्रिया