प्रहरीको ‘प्रि–स्याट’ परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरण : डीएसपी खड्का र पाठकमाथि छानबिन हुँदै

संयुक्त राष्ट्रसंघको शान्ति मिसन ९यूएन मिसन० का लागि प्रहरी प्रधान कार्यालयले लिएको ९प्रि–स्याट० परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा प्रहरी नायब उपरीक्षक ९डीएसपी० रुपेश खड्का र वासुदेव पाठक मुछिएका छन् ।

परीक्षा हुनुअगावै डीएसपी खड्काको घरमै प्रश्नपत्र पुगेको र डीएसपी पाठकले पनि ह्वाट्सएपमार्फत उनीनिकट एक जना सईलाई प्रश्नपत्र पठाएको खुल्न आएको छानबिन समितिका एक प्रहरी अधिकारीले जानकारी दिए ।

खड्का हाल प्रहरी तालिम केन्द्र महाराजगञ्जमा कार्यरत छन् भने पाठक यूएन शाखामै कार्यरत छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खड्का आफैँले यूएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएको बुझिएको छ ।

‘डीएसपी खड्का र पाठकमाथि सोधपुछ भइरहेको छ । उनीहरूका कारण लिक भएको भन्ने आएको छ । हामी अनुसन्धानमा छौँ । थप भेरिफाई गर्दै छौँ, दुई /चार दिनभित्र नै सबै सत्यतथ्य निकाल्छौँ,’ समितिका एक सदस्यले भने ।

यूएन शाखामै कार्यरत प्रहरी निरीक्षक दिनेश पुन र प्रहरी नायब निरीक्षक (सई) जनक थापाको भूमिकासमेत शंकास्पद देखिएको छ ।शुक्रबार र शनिबार गरेर प्रहरी प्रधान कार्यालय तथा सातवटा प्रदेश प्रहरी कार्यालयमा प्रि–स्याट परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालयमा कार्यरत डीआईजी वसन्तकुमार लामाको नेतृत्वका मंगलबार छ सदस्यीय छानबिन समिति बनाएको छ । उक्त समितिले यूएन शाखामा कार्यरत प्रहरी अधिकारीमाथि सोधपुछ जारी राखेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board