‘बेल बटम’ फिल्मको ट्रेलर सार्वजनिक : अभिनेत्री लारा दत्ता बनिन् ईन्दिरा गान्धी, प्रशंसकले चिनेनन्

काठमाडौँ, २० साउन। हिजो मंगलबार युट्युबमा ‘बेल बटम’ फिल्मको ट्रेलर सार्वजनिक भएदेखि अभिनेत्री लारा दत्ता चर्चामा छिन्। लारा फिल्ममा देखाइएको उनको फरक गेटअपका कारण चर्चामा आएकी हुन्। ‘बेल बटम’ उनी भारतकी पूर्वप्रधानमन्त्री ईन्दिरा गान्धीको भूमिकामा देखिएकी छन्। तर उनको हुलिया यस्तो छ कि उनका फ्यानहरुले समेत ती पात्र लारा हुन् भनेर पत्याउन सकिरहेका छैनन्।

लाराको ईन्दिरा गान्धी अवतार यति फरक छ, कसैले त्यो पात्र उनले नै खेलेको हो भनेर ठ्म्याउन नसकेको हिन्दुस्तान टाइम्सले लेखेको छ। केही समयअघिदेखि बेल बटमको चर्चा भइरहदा फिल्ममा लाराको अभिनय पनि छ भनेर धेरैलाई थाहा थिएन।फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएकी लाराले त्यहाँ आएका मिडियाकर्मीलाई आफ्नो पात्र अनुमान गर्न लगाएकी थिइन्। यदि कसैले फिल्ममा उनले खेलेको पात्र पत्ता लगाउने सके ती व्यक्तिसहित सम्पूर्ण परिवारलाई सित्तैमा फिल्म हेर्न लैजाने समेत उनले भनेकी थिइन्।

‘तपाईंहरुले पक्कै पनि ‘बेल बटम’को ट्रेलर हेर्नु भयो होला। फिल्ममा ईन्दिरा गान्धीको भूमिकामा देखिने कलाकार मै हूँ,’ लाराले कार्यक्रममा भनेकी थिइन्, ‘मलाई फिल्ममा ईन्दिरा गान्धीको भूमिकाका लागि कलाकार खोजी भइरहेको फोन आएको थियो। मैले स्क्रिप्ट नै नपढी अभिनय गर्ने निर्णय लिएँ, तर ईन्दिरा गान्धी जस्तो प्रतिष्ठित व्यक्तित्वलाई अभिनयमा चित्रण गर्नु एउटा ठूलो जिम्मेवारी हो।’‘फिल्म इन्दिरा गान्धीको कार्यकालमा भएको हवाईजहाज हाइज्याकमा आधारित छ। यसमा हुने कतिपय घटनाहरु उनकै वरिपरि केन्द्रित छ र यी कुरा नाटकीय तरिकाले मात्र देखाउन मिल्दैन थियो,’ आफ्नो पात्रबारे कुरा गर्दै लाराले थप भनेकी छिन्, ‘त्यसैले उनको भूमिकालाई न्याय दिनु मेरो लागि ठूलो जिम्मेवारी थियो। अभिनय गर्नुअघि मैले धेरै अनुसन्धान गरेँ। मेरो लागि यो जीवनकालकै महत्वपूर्ण अवसर थियो र म निकै आभारी छु।’रञ्जित एम तिवारीको निर्देशनमा बनेको ‘बेल बटम’मा लाराबाहेक अक्षय कुमार, वाणी कपुर र हुमा कुरेसी मुख्य भूमिकामा छन्। ‘बेल बटम’ अगस्ट १९ मा रिलिज हुने बताइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board