पर्यटक नहुँदाको चक्रीय असर कृषि र स–साना उद्योगमा

काठमाडौँ, २० साउन।  कोरोना महामारीले अर्थतन्त्रका क्षेत्रमा असर गर्दा अर्थ–व्यवस्था र विकाशमा बाधा पुगेको छ । अर्थतन्त्रको बलियो मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई लामो समयदेखी ठप्प छ । जसले गर्दा पर्यटकको पर्खाइमा रहेका होटल कतिपय बन्द भएका छन् भने केही पेशाबाटै पलायन भएका छन् । होटल व्यवसायीहरु पर्यटन क्ष्ँेत्र बचाउनको लागी बलियो नितिको पर्खाइमा छन । गत वर्षबाट कोरोना माहामारी सुरु भएसंगै ल्याएको बजेट तथा मौद्रिक नितिले होटल तथा पर्यटन क्षेत्रलाई उचित सम्बोधन गर्न नसकेको गुनासो गर्दै आएका छन् ।

मुलुकको अर्थतन्त्रमा होटल क्षेत्रको योगदान १ दशमलव ८५ प्रतिशत रहेको छ । तर कोरोना महामारी सुरु भएसंगै प्रभावित भएका होटल तथा रेष्टुरेन्टहरु अहिले कतिपय सदाका लागी बन्द भएका छन । सरकार पर्यटन उद्योग र व्यवसायको लागी गम्भीर रहेको बताउदै आएपनि यो संकटको समयमा बन्द भएका होटल खोल्न चासो दिन नसकेको गुनासो व्यवसायीको छ । गत वर्ष कोरोना सुरु भएदेखि बन्द रहेका होटल खोल्नको लागी सरकारले कुनै चासो नदिदा अन्य क्ष्ँेत्र चलायमान भएपनि यो क्ष्ँेत्र सुनसान छ । वाग्मती प्रदेश ,होटल तथा पर्यटन व्यवसायी संघ नेपालका महासचिव दामोदर नेपालले सरकारी स्तरबाटै सोच्नुपर्ने बताए । अहिले आफ्नै व्यवसायमा टिक्ने पायन हुने भन्ने व्यवसायीमा धर्मसंकट परेको छ । यस क्षेत्रमा साना तथा मझौला व्यवसायी रहेको हुदा“ बाहिरी पर्यटक तथा आन्तरिक पर्यटकको भर पर्ने व्यवसायी सबै भन्दा बढि मारमा परेको महासचिव नेपाल बताउ“छन ।
होटल व्यवसायीको मुख्य समस्या घर भाडा बनेको छ । राज्यका हरेक नागरिक र व्यवसायीलाई संकटमा संरक्षण नगरेको सत्य हो । राजधानीका कतिपय होटललाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिएको छ । सरकारले फ्रन्टलाईनमा रहेकालाई कोरोना विरुद्धको खोप लगाएको भएपनि अहिलेसम्म सेवा क्षेत्रमा खोप पुग्न सकेको छैन । हानले खोप, आन्तरिक पर्यटकलाई बढावा दिने, डब्लुएओको मान्यता अनुरुप व्यवसाय सञ्चालनको लागी तालीम दिएको होटल संघले बताएको छ । सरकारले १० दिनको लागी सरकारी कर्मचारीलाई बिदामा घुम्ने भनेर बजेटमा सम्बोधन गरी सके पनि पर्यटन क्षेत्रमा सकरात्मक उत्साह छैन । नियमलाई यदि लागु गर्न सके पर्यटकीय क्ष्ँेत्रमा केहि मात्रामा सहुलिएत हुने होटल संघ नेपालकी अध्यक्ष सृजना राणाको धारणा छ ।

महामारीको अवस्था अझै जटिल बनेमा सरकारले होटल क्षेत्रमा आर्थिक रुपले नै सहयोग गर्नुपर्ने हानको बुझाई छ । अहिलेको यो समयमा होटल क्षेत्रको भविष्य हेर्दा निकै अझै अन्यौलमा छ । सरकारले उद्घोष गरेका कार्यक्रम व्यवहारत परिचालन नहुदा“ गतवर्षको क्षति न्युनिकरण नहुदै महामारीको दोस्रो लहरको चपेटामा उद्योगी व्यवसायी परेका छन । साना तथा मझौला व्यवसायीहरुको निम्ती सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नहुदा यसले झनै समस्या थपिदिएको छ । यसरी सेवा क्ष्ँेत्रमा सरकारले व्यवस्थित रुपले खोपको व्यवस्था गरि आन्तरिक पर्यटकलाई भएपनि सहज रुपले घुमफिर गर्ने वातावरण मिलाउन सक्नुपर्छ । हेर्दा पर्यटकको संख्यामा कमि आउने देखिएपनि तारे होटलदेखि दुरदराजका स–साना होमस्टेका साथै पथपर्दशक, भरियालगायत लाखैंले रोजगारि गुमाएका छन् । पर्यटक नहु“दाको चक्रीय असर कृषि र स–साना उद्योगमा पनि पर्छ । होटलमा खाद्यान्न, तरकारी, पेय पदार्थलगायतका अन्य सामग्रीका आपूर्तिकर्तास“ग हुने कारोबार बिथोलिएको छ । यसले पर्यटनस“ग साइनो जोडिएका अनेकौं क्षेत्रस“ग सम्बद्धहरूको खल्तीमा चाप पार्न थालेको छ । सरकारले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र बचाउन ठोस निति ल्याई विस्तारै खोपका मात्रा बढाई अन्तराष्ट्रिय स्तरमा नेपाल सुरक्षित भन्ने सन्देश सरकारी स्तरबाटै विश्वसामु पु¥याउनै पर्छ ।

 

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board