तुइन काटेको घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ, २० साउन।   नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरे ।

हालसम्म आएका तथ्यहरुले एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता प्रष्ट भएको भन्दै उनले यसका निम्ति भारतले सार्वजनिक रुपमा नेपाल र नेपाली जनतासँग क्षमायाचना गर्नुपर्ने माग गरे ।
उनले यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्ना समेत गरेका छन् । साथै दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न र आगामी दिनमा यसप्रकारको उत्पीडनकारी हेपाहा व्यवहार नदोहोर्याउन समेत माग राखे । तत्काल छानबिन समितिको रिपोर्ट ल्याएर भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board