जसपा आधिकारिकता मुद्दामा सर्वोच्चबाट अन्तरिम आदेश अस्वीकार गर्दै, कारणदेखाउ आदेश जारी

काठमाडौँ, २० साउन।  जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको मुद्दामा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ। महन्थ ठाकुरले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार रिटमा अन्तरिम आदेश माग गरिएको सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै कारणदेखाउ आदेश जारी गरेको छ। ‘रिटमाथि कारणदेखाउ आदेश जारी भएको छ। अन्तरिम आदेश माग गरिएको भने मागअनुसार भएन,’ उनले भने, ‘अघिल्लो मुद्दासँग साथै राखी जवाफ पेस गर्ने भन्ने आदेश भएको छ।’
निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले साउन १५ मा आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति