भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनीले हरेक मिनेट १.७६ करोड रुपैयाँ कमाउँछन्

हरेक जो कोही मानिसलाई एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि निकै महत्त्व राख्दछ । किनभने अम्बानी र उनको कम्पनीले प्रत्येक मिनेट १.१ करोड भारतीय रुपैयाँ कमाउँछ ।

अम्बानी परिवारसँग ८१.३ अर्ब डलरको सम्पत्ति रहेको छ । यो विश्वको पाँचौँ सबैभन्दा धनी परिवार हो । ई–कमर्स कम्पनी वालमार्टका सह–संस्थापक वाल्टनको परिवारसँग २१५ अर्ब डलरको सम्पत्ति रहेको छ । उनीहरू यो सूचीमा पहिलो स्थानमा रहेका छन् । यो जानकारी इन्भेस्टोपिडियाले सन् २०२१ को जनवरीमा प्रकाशित गरेको थियो ।भारतीय सञ्चारमाध्यमका अनुसार मुकेश अम्बानीले सन् २००८–०९ देखि हरेक वर्ष १५ करोड भारतीय रुपैयाँ बराबरको तलब लिन्थे । सन् २०२०–२१ देखि भने उनले तलब नलिने घोषण गरेका थिए । उनले डिभिडेन्डको रूपमा प्रति शेयर ७ रुपैयाँ पाउँछन् । यसबाट उनको आय १ हजार ९८८ करोड भारतीय रुपैयाँ रह्यो । जुनको त्रैमासिकमा मात्र रिलायन्सले १८ हजार ८०६ करोड भारतीय रुपैयाँको नाफा गरेको थियो । रिलायन्सले प्रतिघण्टा ६५ करोड भारु आम्दानी गर्दछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board