पछिल्लो २४ घण्टामा तीन हजार ३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौ, १९  साउन ।  पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ७१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४४८ र र ६ हजार ८० जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ९९४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ९२२ जना संक्रमितको मृत्यु भइसकेको छ। देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २९ हजार २२ जना संक्रमित होम आइसोलेसन र ३ हजार ३७ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ६८६ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३७१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board