लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)

काठमाडौं, १९ साउन । शंकर पोखरेल नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार हटाउन प्रदेशका विपक्षी दलको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सोमबार मात्र प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८(२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न समाबेदन बुझाएका विपक्षी गठबन्धनले आज प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । विपक्षी गठबन्धको तर्फबाट मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारका विरुद्ध नेपाली काँग्रेसका संसदीय दलका नेता विरेन्द्र कनोडियासहितका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आज तेस्रो पटक विश्वासको प्रस्ताव दर्ता गराएका हुन । विपक्षीहरुको अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मार्फत सभामुख समक्ष पेश गरिएको छ । विपक्षीहरुले आजै प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभाको विशेष अधिवेशनको आह्वान गर्न माग गर्दै अहिले साढे ४ बजे निवदेन पेश गर्दैछन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board