संकटमा पुष्प क्षेत्रः स्वदेशी उत्पादन खेर जादै, आयातलाई बढावा दिदै सरकार

काठमाडौं, १९ साउन । कोरोना महामारी सुरु भएसंगै गतवर्ष सरकारले आयात प्रतिस्थापन गरि निर्यात बढाउनुका साथै स्वदेशी उत्पादनलाई बढावा दिने बताए पनि त्यसो हुन सकेको छैन । स्वच्छ वातावरण निर्माणका साथै हिन्दुपरम्परा अनुसार धार्मिक कार्यमा प्रयोग हुदै आएको पुष्प उत्पादन अहिले घट्दो क्रममा रहेको छ । पुष्पको अत्यधिक माग भई अन्य मुलुकबाट करोडौको आयात हुने गरेको छ । पुष्प खेति गरि आयातलाई केहि मात्रामा प्रतिस्थापन गर्न सहयोग पुर्याउदै आएका किसान तथा व्यवसायी कोरोना महामारीका कारणले पलायन हुने अवस्थामा पुगेका छन ।

नेपालमा ३ अर्व भन्दा बढिको कारोबार हुदै आएको पुष्प क्षेत्र ओझेलमा परेको छ । मानव जीवनको लागी आवश्यक पुष्प क्षेत्रको भविष्य उज्वल रहदा रहदै पनि सरकारी संयन्त्रबाट नै व्यवसायीहरु निरास बनेका छन । स्वदेशी उत्पादनको प्रयोग गरौँ भन्ने नारा, नारामा मात्र सिमित रहदा स्वदेशी पुष्पले बजार पाउन सकिरहेको छैन । नेपालमा उत्पादन हुने फुलले अन्तराष्ट्रिय बजार सहजै पाउन सक्ने हुदा पनि यो खुम्चीएर बसेको छ । कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भए पछि पुष्प क्षेत्र समेत मारमा परेको छ । बजार केहि खुकुलो भए संगै केहि आर्थिक चहलपहल भएपनि पुष्प क्षेत्रले बजारमा स्थान पाउन सकेन तर पनि यो महामारीमा पुष्प आयात भने हुदै आएको छ । जसले गर्दा लामो समय देखि पुष्प खेति गर्दै आएका कृषक तथा व्यवसायी लगभग २० प्रतिशतले यो पेसा छाडेका छन । सरकारले पुष्प क्षेत्रको लागी बजेटमा सम्बोधन नगर्दा साथै राहतको प्याकेज नदिदा भोलीका दिनमा उज्वल भविष्य रहेको पुष्प क्षेत्र समस्यामा पर्ने पुष्प कृषक तथा व्यवसायी पाण्डव श्रेष्ठ बताउछन ।

अहिले बजारमा स्वदेशी उत्पादनलाई प्राथमीकता दिएर आयात प्रतिस्थापन गर्नु पर्ने हो तर भारतबाट अवैध रुपमा भित्रीएका सजावटमा प्रयोग हुने फुलहरु केहि दिन अघि मात्र नष्ट गरिएको छ । विषादि प्रयोग भएर आउने फुलहरु अलि लामो समय सम्म टिक्ने हुदा र बजार मुल्य कम हुदा उपभोक्ता सस्तो तिर आर्कषीत भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउछन । नेपाली कृषकहरुको बजारमा भारतिय फुलले लामो समय देखि स्थान लिदै आएकोमा अध्यक्ष श्रेष्ठले गुनासो गरेका छन । सरकारले पुष्प क्षेत्रलाई प्राथमीकता नदिदा वर्षेनी करोडौ रकमको पुष्प आयात हुदै आएको छ ।

सरकारले कागजी रुपमा स्वदेशी उत्पादनलाई प्राथमीकता दिने बताउदै आएपनि आयात बढ्दो छ । गत वर्ष विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना महामारीमा सरकारले निकै राम्रा र रोचक विषय वस्तु को उद्घोष गरेपनि त्यसो हुन सकेन । राम्रो भविष्य रहेको पुष्प क्षेत्रमा लगानी गर्दै आएका व्यवसायी यस पेसा बाट पलाएन हुदै जादा सरकार मात्र मुकदर्शक बनेर बसेको छ । कृषी क्षेत्र अन्तरगत पर्ने पुष्प क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन समेत गरेको छैन । सरकारले आयातमा ध्यान दिदा स्वदेशी उत्पादन खेर गैरहेको अवस्था छ । अझ नेपालीको चाडपर्वलाई नभई नहुने फुल बाहिर बाट ल्याउन सरकार अघि सरेको देखिन्छ । करोडौको लगानी डुब्दै जादा कृषक तथा व्यवसायीले नयाँ पेसा अंगाल्दा भविष्यमा फुल आयातमा अझै बढि रकम बाहिरिने निश्चित देखिन्छ सरकारले पेसाबाट पलायन भएकालाई फर्काउन जरुरी छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board