प्रधानमन्त्री देउवाले दिउँसो २ बजेका लागि बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, १९ साउन । धानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक राखिएको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्रीको सचिवालयमा केही नियुक्ति गर्ने तयारी रहेको स्रोतले बतायो। यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र दुईवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो।असार २९ गते शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएकोमा अहिलेसम्म सचिवालय बन्न सकेको छैन।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board