नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालवीच भेटवार्ता

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि वार्ता भएको छ । कोटेश्वरमा दुई नेताबीच भेट भेटवार्ता भएको हो । नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएकाले आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ । माधव नेपालमाथि एमालेमै मिल्न दोस्रो पुस्ताका नेताहरुले दबाब दिइरहेका छन् । अर्कोतिर २२ जना सांसदसहितका नेता कार्यकर्ताले सरकारमा जान दबाब दिएकाले नेपाल अनिर्णयमा छन् । आजको छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । आजै एमालेका नेताहरुले अध्यक्ष केपी ओलीसँग माधव नेपालको वार्ता गराउने प्रयास गरिरहेका बेला बिहानै प्रचण्डसँग भेट भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board