काठमाडौं, १९ साउन । कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ। समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाडौंँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उनले बताए। मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छौँ, तर फेरि अटेर गरेको पाइए कारबाही हुन्छ उनले भने । यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमााडौं उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।
यस विषयमा आज बस्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि भोलि बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ । काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ ।
भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा आजदेखि अनुगमन, मास्क नलगाउनेलाई कारबाही हुने
प्रतिक्रिया