टोकियो ओलम्पिक : चीन सात स्वर्णले अगाडि, अमेरिकालाई पहिलो स्वर्ण

काठमाडौं, १९ साउन ।  जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ुटोकियो ओलम्पिकु मा एसियाली मुलुक चीनको अग्रता कायमै छ।टोकियोमा जारि ओलम्पिकको दशौँ दिनको खेल सकिँदा कुल २०० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन्।

ओलम्पिकको दशौँ दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो।चीनले २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित कुल ६२ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्यसहित कुल ६४ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले १७ स्वर्ण, ६ रजत र १० कास्यसहित कुल ३३ पदक जितेको छ।अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १५ कास्यसहित कुल ३३ पदक जितेर चौंथो स्थानमा रहँदा रसियन ओलम्पिक टिमले १२ स्वर्ण, २१ रजत र १७ कास्यसहित कुल ५० पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले ११ स्वर्ण जित्दा फ्रान्स, जर्मनी र दक्षिण कोरिया र ६र६ स्वर्ण जितेका छन्।नेदरल्यान्ड्सले ५ स्वर्ण जित्दा इटाली, चेक रिपब्लिक र न्युजिल्याण्डले ४र४ स्वर्ण पदक जितेको छ ।

क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३र३ स्वर्ण पदक जितेको छ ।२ स्वर्ण जित्ने राष्ट्रमा क्युवा, डेनमार्क, चाईनिज ताइपेई, ब्राजिल, हंगेरी, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन्।

त्यस्तै ३१ राष्ट्रले १र१ स्वर्ण पटक जितेको छन्। कोलम्बिया र डोमिनिकन रिपब्लिकले २-२ रजत पदक जितेका छन्। यस्तै भारतसहित ११ राष्ट्रले १-१ रजत पदक जितेका छन्।

हालसम्म ८० राष्ट्रले पदक जितेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति