एकपक्षीय रुपमा ओली ९ वटा विभाग गठन गरेसगै एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको आशंका

काठमाडौं, १८ साउन ।  नेकपा एमालेमा एकता प्रयास चलिरहेका बेला महाधिवेशनको कार्यतालिका बनाएका अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार ९ वटा विभाग गठन गरेका छन् । आज बसेको स्थायी कमिटी बैठकले विभागहरु गठन गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ भने स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।

त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन् ।त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४/ १५ सदस्य छन् ।

आइतबार र सोमबार स्थायी कमिटीको बैठक राखेका ओलीले माधव समूह सहमतिमा नआए अघि बढ्ने संकेत गरेका छन् । यसअघि नै मनोनयन गरेर हटाइएका नेताहरुलाई फेरि विभागहरुमा ल्याएका छन् भने महाधिवेशन प्रक्रिया अघि बढाइएको छ ।

त्यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ मा विधान महाधिवेशन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अन्तर्गत असोज ३ गते वडा र ९ गते सबै गाउँ तथा नगर कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्यूँताएपछि एकलौटी रुपमा अगाडि बढेका ओलीले २८ फागुनमा दशौं महाधिवेशन ६ मंसिर २०७७ मा गर्ने निर्णय गरेका थिए । त्यसअनुसार तल्लो कमिटीहरुको अधिवेशन तालिका पनि बनाएको थियो ।तर २७ असारमा दुबै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले १० बुँदे सहमति जुटाएपछि एकलौटी रुपमा अघि बढेको ओली रोकिए । उनले दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर नवौं महाधिवेशनबाट निर्वाचित कमिटीमा फर्किए । तर पार्टी एकता हुन सकेको छैन । दोस्रो तहका नेताहरुले सहमतिको प्रयास जारी राख्न दुबै पक्षबाट एकअर्काविरुद्ध आक्रामक अभिव्यक्ति रोकिएको छैन ।

स्वयं ओलीले शनिबार माधव नेपाललाई एमालेका ठाउँ नभएको बताएका थिए ।आइतबार र सोमबार स्थायी कमिटीको बैठक राखेका ओलीले माधव समूह सहमतिमा नआए अघि बढ्ने संकेत गरेका छन् । यसअघि नै मनोनयन गरेर हटाइएका नेताहरुलाई फेरि विभागहरुमा ल्याएका छन् भने महाधिवेशन प्रक्रिया अघि बढाइएको छ ।वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष ओली पक्षले पार्टी एकताका लागि भइरहेको प्रयास भाँड्न खोजेको त होइन भनेर आशंका गरेका छन् ।सोमबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको छलफलले पार्टी एकतामा जोड दिएको छ ।

बैठकमा नेताहरुले दुबै पक्ष संवेदनशील भएर अगाडि बढ्नुपर्ने र एकताका लागि अहिलेसम्म भएका प्रयासलाई कमजोर पार्न नहुनेमा जोड दिएका छन् । एक नेता भन्छन्, हाम्रो प्रयत्न एकतामा छ । तर अध्यक्ष ओलीजीले एकता प्रयास भड्काउने र हुन नदिनेतिर लाग्नु भएको देखिन्छ ।’ओली पक्षले भने पार्टी गतिविधिलाई अगाडि बढाउन पनि विभागहरु बनाउनु परेको बताएको छ । साथै दुबै पक्षबीच सहमति हुनासाथ बैठक बसेर महाधिवेशनबारे निर्णय गर्ने भएकाले एकता प्रयासमा असर नगर्ने बताएका छन् ।एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने पार्टी एकताका लागि छलफल जारी रहेपनि परिणाम के हुन्छ यकिन भन्न नसकिने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति