काठमाडौं, १८ साउन । नेपालस्थित भारतीय दूतावास अगाडी दार्चुला घटनाको विरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईनको डोरी काटेपछि नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको विरोधमा संगठनले विरोध प्रदर्शन गरेको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले दार्चुला घटनालाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’ को संज्ञा दिएको छ ।उनीहरूले उक्त घटनाको छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सैह्य नहुने भन्दै विरोध गरिएको बताए । भारतीय पक्षबाट नेपालीमाथि गर्ने जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दुखद रहेको उनको भनाइ छ । संगठनले नेपाल भारतबीचको असमान सन्धि सम्झौता पनि खारेज हुनुपर्ने माग गरेका छन्
प्रतिक्रिया