एन्फा प्रवक्ताबाट राईको राजीनामा

काठमाडौं, १८ साउन ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन्। सोमबार उनले वरिष्ठ उपाध्यक्षको रोहबरमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन्।
‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो ’, उनले फेसबुमा लेखेका छन्।यसैबीच प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजनासमेत गर्ने भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति