एमाले अध्यक्ष ओली वादी र प्रतिवादी भएको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, १८ साउन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वादी रहेको एमालेको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजसालमा परेको छ ।कर्णालीका चार सांसद पुनर्बहालीविरुद्ध सर्वोच्च अदालतमा दिइएको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वादी र प्रतिवादी भएका दुवै मुद्दामाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको बेन्चमा परेको छ ।कर्णाली प्रदेशसभाका चार एमाले सांसदले दलको ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि गरेको कारवाहीका आधारमा पदमुक्त भएकामा प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो ।सर्वोच्चले प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मर वहादुर थापालाई पुनर्वहाली गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति