2 August, 2021 9:08 am


हरेक बिहान यी काम गर्नु फलिफाप हुनेछ,भाग्योदय हुनेछ

एजेन्सी / दैनिक विहान सूर्योदय हुनासाथ ओछ्यान छाड्नुपर्दछ । विहान ढिलासम्म सुत्दा आलस्यता बढ्दछ । स्वास्थ्य सम्बन्धी समस्याको पनि सामना गर्नुपर्ने हुन्छ । यसकारण विहान चाँडै उठेर ध्यान गर्नु उपयुक्त हुन्छ ज्योतिषशास्त्रका अनुसार, विहान ब्रम्हा मुहूर्तमा उठ्ने परम्परा पुरातन समयदेखि नै चलिआएको छ । ब्रम्हा अर्थात परमात्मा, मुहूर्त अर्थात शुभ समय । यो समयमा जाग्नु र पूजा कर्म गर्दा धर्म लाभ हुने गर्दछ । स्वास्थ्यको लागि राम्रो हुनेछ । पुरै दिन उत्साह र सकारात्मक विचार हुने र मन शान्त रहन्छ ।

आजकल वाहनको संख्या लगातार बढिरहेको छ । दिनभर सडकमा वाहन कुद्छन्, धुँवा छाड्छन् । यसको कारण वातावरण प्रदूषित बनेको छ । विहानको समयमा सबैभन्दा ठूलो लाभ भनेको सफा वातावरणमा श्वास लिनु हो । विहानको ताजा हावा हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ दैनिक विहान चाँडै उठेर सूर्यलाई जल चढाउनु पर्दछ । यसको लागि तामाको लोटा प्रयोग गर्न सकिन्छ । जल चढाउँदै सूर्यलाई ऊँ सूर्याय नमः को जप गर्नु पर्दछ । झुल्किँदै गरेको सूर्यको समिपमा बसेर ध्यान गर्नु पर्दछ । ध्यान गर्दा मन शान्त हुन्छ र विचारमा सकारात्मकता आउने गर्दछ । रिस नियन्त्रणमा आउँदछ । दिनभर उत्साह र उर्जा थपिनेछ ।

ध्यानको लागि सफा र स्वच्छ स्थानको चयन गर्नुपर्दछ । ध्यानको लागि कुनैपनि सुविधाजनक आसनमा बस्न सक्नुहुन्छ । मन शान्त राख्नुहोस् र आँखा बन्द गरेर पूरा ध्यान दुबै आँखाको बीच आज्ञा चक्रमा लगाउनुहोस् । ध्यान गरेको समय केहि सोच्नु हुँदैन । नत्र ध्यानको लाभ मिल्नबाट बञ्चित भइन्छ कोरोनाकालमा त झनै विहान सबेरै उठेर व्यायाम, ध्यान गर्दा प्रतिरोधात्मक क्षमता वृद्धि हुने चिकित्सकले स्वयं पनि बताइरहेका छन् । यसकारण स्वास्थ्यको ख्याल गरौँ विहान ध्यान गर्न नभूलौँ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board