बागलुङमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौं, १८ साउन । बागलुङको पश्चिम गलकोटमा भएको बस दुर्घटनामा ११ जना घाइते भएका छन् ।

काठमाण्डुबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा५ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका–१ चौराहमा दुर्घटना भएको हो ।

बसमा २० यात्रु सवार रहेको बागलुङ प्रहरीका डिएसपी इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार ब्रेक फmे भएर बस भित्तामा ठक्कर खाएर पल्टिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board