सिद्धार्थ बैंकका सीईओ गौतमको कार्यकाल सकिँदै, कामुको जिम्मेवारी कडेललाई

काठमाडौं, १८ साउन । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुन्दर प्रसाद कडेलले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि समाप्त हुने भएकाले बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कडेललाई दिइएको हो ।साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति