देशभर ८४६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति (सूचिसहित)

काठमाडौँ, १७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६७७ कोरोना संक्रमितको आईसीयूमा र १६९ को भेन्टिलेटरमा गरी कुल ८४६ जना उपचाररत छन्।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२८ जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् ।यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ३९० जना आईसीयूमा र ९४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७१ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा १३ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति