२२ दलको चेतावनी : दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने

काठमाडौं, १७  साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ ।

अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ । साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् जटिल बन्दै गएको उल्लेख गरिएको छ । विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा ९माओवादी केन्द्र समाजवादी०, नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान , नेकपा (मार्क्सवादी) २१ नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति