अर्थ सचिवमा मरासिनी, ढुंगाना पुगे प्रधानमन्त्री कार्यालय, राजस्व सचिवको टुंगो लागेन

काठमाडौं, १७ साउन । सरकारले अर्थसचिवमा मधु मरासिनीलाई ल्याएको छ। सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी थिए। अर्थबाट शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालय पठाइएको छ।मरासिनी अहिले महालेखा नियन्त्रक को कार्यालयका सचिव थिए ।थिए। स्रोतका अनुसार मरासिनी बिहान अर्थ सचिवमा सरुवा भएको चिठ्ठी लिन मुख्य सचिवको कार्यालय पुगेर सरुवाको पात्र बुझेका थिए ।
हुलाकबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी केही समयभित्रै राजस्व सेवामा प्रवेश गरेका हुन्। उनी २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गत सेवारत छन्। अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा उनले नेतृत्व गरिसकेका छन्।मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी९एनयू०बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। कानुनमा स्नातक र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट एक्जुकेटिभ एजुकेशन गरेका छन्। उनी न्युयोर्कका महावाणिज्यदूतसमेत भइसकेका छन्। सरकारले राजस्व सचिवमा भने कुनै निर्णय गरेको छैन। राजस्व सचिव रामशरण पुडासैनीले साउन २१ गते उमेरहदका कारण अवकाश पाउँदैछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति