काठमाडौं, १७ साउन । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएको भन्दै एमालेले नेपाल पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षका साथ बैठक गर्न लागेको हो ।
हिजोका लागि बोलाइएको बैठक नेपाल पक्षसँग छलफलका लागि भन्दै अनौपचारिकतामा सीमित गरिएको थियो । एमाले नेता सुवासचन्द्र नेम्वाङले आजको स्थायी कमिटीको बैठक अघिसम्म पनि सहमतिको प्रयास जारी राख्ने बताउनुभयो ।
COMMENTS