मन्त्री छान्न माओवादी केन्द्रका स्थायी कमिटी बैठक बस्दै


काठमाडौं, १७  साउन ।  सरकारमा पठाउने मन्त्रीहरुका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा वर्तमान सरकारमा पठाउने मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ । अहिलेको सरकारमा माओवादीको तर्फबाट दुई जना मन्त्री मात्र सहभागि छन् ।माओवादीले आफ्नो भागमा परेका ७ मध्ये अरु ५ जना मन्त्री र एक राज्यमन्त्री छान्न सकेको छैन । गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना बढ्न थालेको छ ।देउवाले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षसँग छलफल गरी छिटो सरकारमा सहभागि हुने मन्त्रीको नाम दिन आग्रह गर्नु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति