पछिल्लो २४ घण्टामा थप २ हजार २८० जनामा सङ्क्रमण, २३ जनाको मृत्यु

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा थप २ हजार २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार २६३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९१६ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८५७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति