पुनः जुटे निधि, कोइराला र सिंह

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका तीन नेताबीच पुनः छलफल भएको छ । यसअघि नै दुईपटक आपसमा छलफल गरिसकेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पुनः भेटवार्ता भएको हो ।

भेटमा वर्तमान राष्ट्रिय राजनीतिसँगै कांग्रेसको १४औं महाधिवेशनकेन्द्रित छलफल भएको नेता सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए । सिंह निवास चाक्सीबारीमा भएको छलफलमा खासगरी कांग्रेस महाधिवेशनमा को र कसरी सभापतिको उम्मेदवार बन्ने भन्नेबारे छलफल भएको थियो । यी तीन नेताबीचबाट एकजना सभापतिको उम्मेदवार बन्ने बताइएको छ ।

यी तीनै नेताले आफूलाई १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा चिनाइरहेका छन् । यसअघि सिंह निवास चाक्सीबारी र कोइराला महाराजगञ्जमा दुईपटक भेटवार्ता भएको थियो । उक्त भेटघाटका क्रममा बहालवाला सभापति शेरबहादुर देउवाको विकल्पबारे छलफल भएको श्रोतले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति