रौतहटमा आइटी आर्मीको प्रर्दशन

रौतहट, १६ साउन । रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्‍याली गरेको अध्यक्ष चन्द्रभूषण साहले जानकारी दिनुभयो । जिल्लाका अधिकांश पालिकाबाट युवाहरु सो कार्यक्रममा सहभागी भएका थिए । गरुडाबाट शुरु भएको मोटरसाइकल ¥याली बालचनपुर हुदै जिल्लाका विभिन्न पालिकाहरुमा पुगेको थियो । नवगठित सो सँस्थाले विभिन्न स्थानीय तहहरुमा संगठन निर्माणको कार्यलाई पनि तीव्रता दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति