काठमाडौं, १६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत सुखदुःखका साथी भएको बताएका छन् । शनिबार ट्वीटमार्फत उनले नेपालसहितका छिमेकी मुलुकलाई स्मरण गरेका हुन् ।
मोदी लेख्छन्, ‘भुटान होस्, नेपाल होस्, माल्दिभ्स होस या मरिसस होस् । हामी सबै छिमेकी मात्र होइनौं । हाम्रो सोच र सामाजिक व्यहारमा पनि निकै समानता छ । हामी सुखदुःखका साथी हौं ।’‘जब कुनै आपत आउँछ । विपत आउँछ । तब सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्छौ’ मोदीले लेखेका छन् ।

प्रतिक्रिया