३२ औँ ग्रीष्मकालीन ओलम्पिक : अग्रता बढाउँदै चीन, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं, १६ साउन ।  जापानको राजधानी टोक्योमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीनले अग्रता बढाउँदै लगेको छ। शनिबार दिउँसोसम्मको नतिजा अनुसार चीनले २० वटा स्वर्ण पदक जितिसकेको छ।चीनले अहिलेसम्म २० स्वर्ण, १२ रजत र ११ कास्य पदक जित्न सफल भएको छ। शुक्रबारसँग टक्कर दिइरहेका जापान र अमेरिकालाई चीनले विस्तारै पछाडि छाड्न थालेको हो।

पदक तालिकाको दोस्रो स्थानमा रहेको आयोजक जापानले शनिबारसम्म १७ स्वर्ण, चार रजत र सात कास्य पदक जितेको छ। उता अघिल्ला ओलम्पिकमा एकछत्र राज गर्दै आएको अमेरिका अहिलेसम्म तेस्रो स्थानमा छ। उसले शनिबारसम्म १६ स्वर्ण, १७ रजत र १२ कास्य जितेको छ। त्यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ। यसैगरी अस्ट्रेलिया १० स्वर्ण, तीन रजत र १३ कास्य पदक जितेर पाँचौँ स्थानमा छ।

उता बेलायत आठ स्वर्ण, नौ रजत र १० कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यसहित सातौँ स्थानमा छ। नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, ६ रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति