काठमाडौं, १६ साउन । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स अन्तर्राष्ट्रिय क्रिकेटबाट अनिश्चितसयका लागि विश्राम लिएका छन्। इंग्ल्याण्ड क्रिकेट बोर्डले शुक्रबार स्टोक्सबारे पुष्टि गरेको हो । इसीबीका अनुसार स्टोक्स मानसिक स्वास्थ्यका कारण पनि परिवारलाई समय दिन चाहन्छन् । यही कारण देखाउँदै भारतविरुद्धको सिरिजमा उनी टिममा हुने छैनन् ।
३० वर्षिय क्रिकेटर स्टोक्स पछिल्लो केही समयदेखि औंठाको चोटका कारण पनि तनावमा रहेका छन् । उनी यो वर्ष पुरै क्रिकेटबाट टाढा हुन सक्छन् ।साथ साथै एसेज र टी २० विश्वकप पनि खेल्ने सम्भावना कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३० वर्षीय स्टोकस्ले मानसिक स्वास्थ्यका साथै देब्रे हातको औंलाको चोटको लागि पनि आराम खोजिरहेका छन् । प्रतिस्पर्धात्मक क्रिकेटमा आएपछि उनको औंलाले पनि आराम पाएको छैन ।
इसीबीले स्टोक्सको निर्णयलाई समर्थन गर्ने र खेलबाट बाहिर रहँदा पनि निरन्तर सहयोग गर्ने जनाएको छ । ‘बेनले आफ्नो भावना र भलाइको बारेमा बोल्नका लागि ठूलो साहस देखाएका छन् । हाम्रो मुख्य प्राथमिकता भन सबै मानिसहरुको मानसिक स्वास्थ्य र कल्याणको लागि हुनेछ’, इसीबीका प्रबन्ध निर्देशक एस्ले गिल्सले भनेका छन् ।
इसीबिले स्टोक्सले चाहिए जति समय आराम गर्न दिने र भविष्यमा फेरि इंग्ल्याण्डकै लागि खेलेको हेर्न चाहना रहेको पनि जनाएको छ ।
प्रतिक्रिया