काठमाडौं, १६ साउन । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच आज पनि छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ ।बालुवाटार स्रोतका अनुसार दुई नेताबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुने निर्णय गर्न भोलिसम्मको समय दिने समझदारी भएको छ । माधव नेपाल पक्षलाई ६–७ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार छन् ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल, माधव नेपाललाई भोलिसम्मको समय दिइने
प्रतिक्रिया