स्थायी कमिटी बैठकअघि सहमति जुटाउन कार्यादलको बैठक सिंहदबारमा जारी

काठमाडौं, १६ साउन । नेकपा (एमाले) विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ । विघटित कार्यदलको अनौपचारिक बैठक शनिबार बिहान सिंहदरबारमा बसिरहेको हो ।एमालेले शनिबार दिउँसो ३ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक अघि सहमति जुटाउने प्रयासस्वरुप विघटित कार्यदलको अनौपचारिक बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका संयोजक डा।भीम रावलसहित ६ जना सदस्य रहेका छन् । यस्तै, अध्यक्ष केपी शर्मा ओली समूहबाट सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद पौडेल सहभागी छन् । कार्यदलको बैठकअघि नेता धनश्याम भुसालले कोटेश्वर पुगेर वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति