प्रधानमन्त्री देउवा र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेट

काठमाडौं, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत शाहबीच आज शुक्रवार शिष्टाचार भेट भएको हो। भेटमा प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा पाकिस्तान र नेपालबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताए ।

भेटवार्तामा राजदुत शाहले दुई देशबीच हवाई सेवा संचालनलाई प्राथमिकता दिनु पर्ने र नेपाल सार्क मुलुकको अध्यक्ष भएको हैसियतले पनि छिटो भन्दा छिटो सार्क सम्मेलन गर्न पहल गरिनुपर्ने बताए। राजदुत शाहको कुरा प्रति प्रधामन्त्री देउवाले आफु सकरात्मक रहेको बताए । राजदुतले भनेका विषयमा आफु गम्भिर भएर लाग्ने समेत प्रधानमन्त्री देउवाले बताए । उनले कोरोना नियन्त्रणमा पाकिस्तानले नेपाललाई गरेको सहयोगको सरहाना ब्यक्त गर्दै दुई देशवीच ब्यापार पर्वद्धनमा मिलेर अगाडी बढ्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति