छ वर्षीया बालिकाको शव इनारमा


धनुषा, १५ साउन :
गणेशमान चारनाथ नगरपालिका– १० बरमझिायाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ । सोमबार विहान घरबाटै हराइरहेकी प्रिति यादवको शव आज इनारमा फेला परेको हो ।

बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् । बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।  शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । 

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति