काठमाडौं, १५ साउन । अवैध रूपमा मदिरा उत्पादन गरे विक्री गर्ने गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।‘चिनियाँ नागरिकले अवैध रूपमा मदिरा उत्पादन गरी विक्री वितरण गरिरहेको’ भन्ने गोप्य सूचनाका आधारमा काठमाडौंको ठमेलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चीनको जियाङ्सुका ५६ वर्षीय शी झिवी रहेका छन् ।उनको साथबाट प्रहरीले बरामद गरेको चारओटा स्टिलको मेसिन ।
उनले ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिएर गत वैशाख १० गते होम स्विट स्मेल होटल एन्ड रेस्टुरेन्ट प्रालि दर्ता गरेर अवैध रूपमा मदिरा उत्पादन गरिरहेको प्रहरीको भनाइ छ ।प्रहरीले बरामद गरेको रातो तथा हरियो रङको ८० लिटरको प्लास्टिक ड्रममा रहेको मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ११३ थान ।
प्रहरीका अनुसार उनको साथबाट चारओटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, रातो तथा हरियो रङको ८० लिटरको प्लास्टिक ड्रममा रहेको मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ११३ थान बरामद गरेको प्रहरीले जनाएको छ ।आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त भट्टीमा छापा मारेको महाशाखाले जनाएको छ।पक्राउ परेका चिनियाँ नागरिक लामो समयदेखि नेपालमा बसेर अवैध काम गर्ने गरेको खुलेको छ। सरकारी अनुमतिबिना ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेको खुलेको छ।चीनको जियाङ्गसु प्रान्त घर भएका जुहुई पर्यटन भिसामा नेपाल आएका थिए। महाशाखाले उनले संचालन गरेको रेष्टुरेन्ट पनि सिल गरेको छ।उनीमाथि आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय महाराजगंजको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया