लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

काठमाडौं, १५ साउन । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ । पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो । सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो ।

लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै तीन जना मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका थिए ।जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्बहाली भएका थिए ।

तर अहिले यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि फेरि पार्टीको निर्देशन नमानेको भन्दै कारवाही गरेको प्रदेश सभामा पत्र पठाएको छ । सोही आधारमा आज लुम्बिनी प्रदेश सभाले कारवाही गरेको हो । तर उनीहरुको अदालतमा मुद्दा विचाराधीन नै रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board