निर्वाचन आयोगको निर्णय खारेज गर्न मागगर्दै सर्वोच्च पुगे महन्थ ठाकुर (रिटको पूर्ण पाठसहित)

काठमाडौं, १५ साउन । निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने गरेपछि महन्थ ठाकुर विहीबार सर्वोच्च अदालत पुगेका छन् । आयोगको निर्णयबाट आफ्नो राजनीतिक भविष्य हुन लागेको ठाकुरको दुःखेसो छ ।

बिहीबार सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा आयोगको आदेशले पार्टी विभाजन हुने र पार्टी विभाजन हुँदा केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त भई आफू लगायतलाई अपूरणीय क्षति हुने भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न, नगराउन ठाकुरले उत्प्रेषणको आदेश माग गरेका हुन ।रिट निवेदनमा निर्वाचन आयोगको निर्णयले आफूलाई अन्याय भएको भन्दै उनले उक्त निर्णय तत्काल कार्यान्वयन नगराउन माग गरेका छन् । निवेदनमा ठाकुरले आफ्नो संवैधानिक हकमा समेत आघात परेको बताएका छन् ।

आयोगको निर्णयबाट आफू लगायत पार्टीका सम्पूर्ण कार्यकर्ता साह्रै अन्यायमा परेको ठाकुरले बताएका छन् । महन्थले निवेदनको अन्तिम खण्डमा आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति पुगेको र सुविधा सन्तुलनको दृष्टिले पनि नमिलेको भन्दै उक्त निर्णय कार्यन्वयन नगराउन माग गरेका छन् । ठाकुरको रिटमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति २०७८÷४÷११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकाले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८÷४÷११ गतेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरी पाउँ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति