चीनबाट अन्तिम खेप ‘भेरोसेल’ खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार

काठमाडौं, १५ साउन । चीनबाट सरकारले खरिद गरेको ४० लाख डोज ‘भेरोसेल’ खोप आज (शुक्रबार) सम्ममा काठमाडौं आइ पुगेको छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै ४० लाख खोप आइ पुगेको हो । शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आई पुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले बताए ।

निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उनले जानकारी दिए । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० बर्ष माथिका नागरिक र आवस्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।

७ लाख ८२ हजार डोज खोप आयो,

चीनबाट यो खोप आएसँगै नेपालमा कोरोना भाइरस विरूद्धको खोप ९७ लाख ८२ हजार डोज आइपुगेको छ । प्रत्येक नेपालीलाई कोभिड विरुद्धको खोप लगाउन सरकारले यस अघिनै खोप खरिदका लागि ४८ अर्ब बजेट सुनिश्चित गरी सकेकोले थप खोप खरिद प्रकृया समेत शुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । मन्त्रालयको तथ्याङ्क अनुसार शुरुवातदेखि हालसम्म जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपाल ल्याएर लगाउन सहज हुने पौडेलले जानकारी दिए । यसै वर्ष भित्र सबै नेपालीमा खोप लगाइने गरी थप खोप ल्याउने प्रक्रिया शुरु गरेका छौ उनले भने । सरकारले आज (शुक्रबार) सम्ममा चीनबाट ४० लाख डोज खोप ल्याइ सकेको र खोप वितरण प्रकृया समेत ५० वर्षभन्दा माथिका नागरिक र अत्यावस्यक पर्ने नागरिकलाई विहीबारबाट लगाउन शुरु गरेको मन्त्रालयले जनाएको छ । जापान सरकारले पनि खोप उपलब्ध गराउने र कोभिसिल्ड अन्तर्गत खोप ल्याउने प्रकृया समेत अघि बडेकाले खोप पर्याप्त हुने मन्त्रालयको दावी छ ।

सरकारले पहिलो पटक प्राप्त खोप वागमती, गण्डकी र लुम्वनी प्रदेशमा वितरण गरेको थियो । त्यसपछि क्रमस त्यस पछि प्रदेश १ का लागि विराटनगर र प्रदेश २ का लागि पत्लैया र कर्णाली प्रदेशका लागि नेपालगन्जको प्रदेश शीतभण्डारलाई वितरण गरेको स्वास्थय सेवा विभाग खोप शाखाका प्रमुख गौतमले गोरखापत्रलाई जानकारी दिनुभयो । मन्त्रालयले खोपलाई मौज्दात नराखी प्राप्त हुनसाथ वितरण गर्दे आएको जनाएको छ । तर खोपका लागि लामोसमय सम्म लाम लाग्ने गरेको पाइए पछि मन्त्रालयले खोप सबै नेपालीले पर्याप्त मात्रामा पाउने गरी तयारी शुरु गरेको जनाएको छ । यता भारतको द सीरम इन्ष्टिच्यूटबाट खरिद गरेको २० लाख डोज मध्ये १० लाख मात्र आएको र बाँकी १० लाख तत्काल आउने क्रममा रहेको छ ।

हालसम्म नेपालमा भेरोसेल चीनबाट खरिद भएको १८ लाख डोज चीनबाट खरिद भएको ४० लाख कोभिसिल्डः कोभ्यास सुविधा अन्तर्गत तीन लाख ४८ हजार डोज भारतबाट खरिद ११ लाख डोज भारतको द सीरम इन्टच्युटबाट खरिद गरेको १० लाख ९१० लाख आउने क्रममा० जोनसोन एण्ड जोनसोन–१५ लाख ३४ हजार जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपालमा आई सकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board